
- नवराज घिमिरे, लगानीकर्ता / विश्लेषक
नेपाल पूँजीबजार लगानीकर्ता संघ अर्थात ( NPLसंघ)ले गत आईतवार वुद्धनगरको क्वालिटी बैंकोईटमा मूर्धन्य व्यक्तित्वहरुलाई एकै ठाँउमा राखी वृहत रुपको अन्तक्रियात्मक वहस कार्यक्रम चलायो । उत्त कार्यक्रमको नाम नै ‘नेपाली पूँजीबजारमा नियामक निकायको भूमिका’ भन्ने राखियको थियो । करीव दुई वर्ष यता निरन्तर ओरालो लागेको नेपाली पूँजीबजारमा हिम्मत गरेर यस्तो कार्यक्रम राख्ने आँट अरु संघहरुले गरेका थिएनन् ।
धेरै रस्साकसी र चुनौतिहरुलाई चिर्दै र धेरै वाधा व्यवधानहरुसँग जुध्दै २०७५/०४/०२ गते संघको न्वारन भएको भन्ने संघले जारी गरेको विज्ञाप्तीवाट देखिन्छ । करिव एक वर्ष अगाडी नबराज सुवेदी पिता भई जन्मएको संघलाई राधा पोखरेको नेतृत्वले न्वारान गरेको पाईन्छ । सोसोलोजीमा मास्टर्स गरेकी पोखरेल लगाएतको टिमले यो संघलाई सहि मार्ग देखाउन् सक्छिन् की सक्दिनन्, आगामी दिनले वताउला तर बजारमा गाँईगुईचाहिं यी नारी लरतरी होईन रहेछिन् है भनेको सुन्न थालियो ।
म हिजो एउटा ब्रोकरको कार्यालय जाने सिलसिलामा ३वटा व्रोकर कार्यालयमा छिरेको थिएँ । जताततै यिनै नारीको र यिनै लगाएतको टिमले न्वारान गरेको संघकै चर्चा चलिरहेको थियो । फेरी संयोग हो वा के हो लगानीकर्ताको मुहारमा एक किसिमको छुट्टै चमक थियो । कारण रहेछ दोहोरो अंकले नेप्सेमा वृद्धि । हप्तौदेखि नप्से वढेको थिएन आज एक्कासी दश अंकले वढ्यो भनेर ५६ नं व्रोकरमा भेटिएका लगानीकर्ता खुसी देखिन्थे । अनी उनैले ठट्टेउली पारामा भने ‘यो उम्रिदैको तीनपाते संघ ले पो केही गर्छ की क्या हो ।’ उक्त लगानीकर्ता मित्रलाई मैले थप जिज्ञासा राखें । हैन तपाँईले उम्रिदैको तिनपाते भन्नु भयो कसरी ? भन्दा उने कथा वाचन गर्न थाले ।
उनले अगाडी भने, ‘हेर्नुस् न दाई लगानीकर्ताका हकहित गर्छौ भनी आजसम्म जति संघ खुलेका छन् तिनले आन्दोलनलाई छोडने हो भने “कुनामा वसेर दुनामा” खाने वाहेक अरुकाम गरेको खासै पाईदैन । एउटा संघ छ जस्को सदस्यता लिन शुल्क नै २५,०००/ तिर्नु पर्छ । हामीजस्ता साना लगानीकर्ता उक्त संघमा अटाउने कुरै भएन । अर्को संघको खै त्यति गतिविधी पनि देखिदैन । तर यो NPL संघ हेर्नस त कति तगडा हिजो कस्तो भव्य कार्यक्रम गर्यो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमूख आतित्थ्यमा दुई दुईजना पूर्व अर्थमन्त्री डा. रामशरण महत र नेपाल राष्ट्र वैंकका गभर्नर डा. चिरन्जिवी नेपाललाई विशेष अतिथी वनाई एउटै मन्चमा राखी कार्यक्रम गर्यो ।
अनि मैले थपे तपाँई पनि जानुभयको थियो त ? मेरो कुरा भुईमा खस्न नपाउदै उने भने ,’गइयो नि दाई किन नजानु । पहिला नवराज सुवेदीजी अध्यक्ष हुँदा ६ जनाको टिम थियो । पछी खै के कुरामा मन मोटाव भयो सुवेदी जीले आफ्ना टिममा रहेका चारजना साथीहरु उपाधक्ष राधा पोखरेल , कोषाध्यक्ष राजु पौडेल , सचिव एसपी चौलाईगाँई र सदस्य एनवी थापालाई वर्खास्त गरेको छु भनेर सामाजिक संजलमा पोष्ट गर्नुभयो । त्यसको करिव एक महिनापछी राधा पोखरेल अध्यक्ष , राजु पौडेल उपाध्यक्ष , एसपी चौलागाँई महासचिव , एन वी थापा सचिव , कमला शर्मा कोषाध्यक्ष र दुई जना सदस्य रहेको पूर्ववत नामकै ‘नेपाल पूँजीबजार लगानीकर्ता संघ’ विधिवत दर्ता गरि नयाँ टिम मिलेर संस्थापक अध्यक्षलाई नै पो वर्खस्त गरिरिदिनुभयो।
यति भनेर ति लगानीकर्ता मसँग विदा हुन लागे, मैले फेरी च्याप्प हात समातेर हैन यो तपाँईले ‘तिनपाते’ भन्नु भएको थियो नी यसको मतलव मलाई भन्नुस न, भन्दा उनले थपे, ‘हेर्नुस् दाई यो संघ यति तगडा देखियो की पूर्व प्रधनमन्त्री माधव कुमार नेपाल , पूर्व अर्थमन्त्री डा. रामशरण महत , गभर्नर डा. चिरन्जिवी नेपाललाई एकै थलोमा राखेर पूँजीबजारको वारेमा तामझामको साथ ‘विगुल’ फुक्नु हामी तमाम लगानीकर्ताको लागि हित चिताएकै हो । त्यसैले मैले तीन वरिष्ठ व्यक्तित्वहरुलाई एउटै मन्चमा राखेर कार्यक्रम गरेको देख्दा अध्यक्ष राधा पोखरेलमा एक अलौकिक शक्ति देखेर नै मैले उम्रदैको तीनपाते भनेको हुँ । अनी म खुशि हुँदै उसै दिन सदस्यता पनि लिएँ । जम्मा सदस्यता शुल्क ५००/- त रहेछ । हेर्नुस् त आजको वजारले पनि कोल्टे फेर्दै दोहोरो अंकको वढोत्तरी देखाईदियो ।
साच्चैनै मलाई पनि लागेको थिएन की यो संघ जन्मदै यति छलाङ मार्छ भनेर । तर गत आईवारको कार्यक्रमवाट म स्वयंम अच्चमित भएको छु । यति छोटो समयमा देश व्यापी संजाल विस्तार गर्न सफल भएको छ । सातै प्रदेशमा संयोजकहरु बनाई सकेको रहेछ । उक्त अवसरमा लगानीकर्ताको उल्लेखीय उपस्थितिमा प्रमूख अतिथिज्यूले प्रदेश संयोजकहरुलाई पूँजीबजारमा योगदान गर्नुहोला भन्दै टिका र खादाले सम्मान गर्नुभयो । अन्तमा यो संघले लगानीकर्ताको हक हितमा लागि रहोस् ।
देशका सातै प्रदेशमा मात्र सिमित नहोस । छिट्टै ७७ जिल्लामै संयोजकहरु बनाएर सेवा विस्तार गरेको र दुरदराज सम्म सेयर शिक्षाको लागी अग्रणी भूमिका निर्वाह गरेको देख्न, सुन्न पाईयोस् ।लगानीकर्तालाई परेको पिर मर्कामा तुरुन्त आवाज वुलन्द पारोस् । नियामक निकाय सामु कहिल्यै पनि नतमस्तक नवनोस् । पूँजीबजारकै ईतिहासमा महिला अध्यक्ष भएको पहिलो संघको जसरी वजार भरि वाह! वाह !!पाएको छ, यो साख जोगाई राखोस् । छोटो समयमा ठूलै संख्यामा सदस्यता वितरण गर्न सक्नु पनि संघको अर्को ठूलै खुबी देखियो । यो संघका सम्पूर्ण पदाधिकारीहरु , संयोजकहरु सदस्यहरुलाई वधाई दिदैं पदाधिकारीहरुको कार्यकाल सफल रहोस । शुभकामना !
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्