×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको बदमासीविरुद्ध सहकारीका लगानीकर्ता आन्दोलित, भन्छन् ‘एनआइसी एशिया, बैंक पनि, लुट पनि’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशियाको बदमासीविरुद्ध सहकारीका लगानीकर्ता आन्दोलित, भन्छन् ‘एनआइसी एशिया, बैंक पनि, लुट पनि’

Artha Sarokar

२५ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समयअघि भक्तपुरको एक साखामा लफडा निस्किएको केहि समय नबित्दै एनआइशि एशिया बैंकमा अर्को काण्ड मच्चिएको छ । बैंकले बदमासी गरेर ओरेन्टल सहकारीको धापासीस्थित २६ रोपनी जग्गा कब्जा गरेको भन्दै सहकारीका लगानीकर्ताले बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।
उनीहरुले ‘ एनआइशि एशिया बैंक, बैंक पनि लुट पनि, सम्पत्ति लुट्न पाइँदैन, ओरेन्टलको सम्पत्ति फिर्ता गर’ लगायतका नारा लगाएका थिए । विरोध र्‍यालीका सहभागीले बैंकले सहकारीको २६ रोपनी जग्गा कौडीको भाउमा कब्जा गर्न खोजेको आरोप लगाएका छन् । यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेलाई फोन गर्दा उनले फोन उठाएनन् ।

एग्रेसिभ रुपमा लागेको भनी चर्चामा आएको बैंकभित्र अनेकौं लफडा निस्किरहेको चर्चा चलिरहेका बेला यस्तो काण्ड बाहिर आएको हो ।  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी