×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संस्थागत सुशासन विपरित छिमेक लघुवित्त, कराेडाैँ रकम गैरसरकारी संस्थामा सारेर यसरी भयो ‘भ्रष्टाचार’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संस्थागत सुशासन विपरित छिमेक लघुवित्त, कराेडाैँ रकम गैरसरकारी संस्थामा सारेर यसरी भयो ‘भ्रष्टाचार’ !

Artha Sarokar

६ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- छिमेक लघुवित्त वित्तिय संस्थामा नेपाल राष्ट्र बैंकले उल्लेख गरेको संस्थागत सुशासनसम्बन्धि नियम विपरित काम गरेको पाइएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीको निर्देशनमा संस्थामा भएको पैसा आफ्नै परिवारका सदस्य संलग्न रहेको गैरसरकारी संस्थामा रकम हस्तान्तरण गरी राष्ट्र बैंकको नियम मिचेको पाइएको हो । यस्तो कामलाई संस्थागत सुशासन विपरितको काम मानिन्छ । 
के के गलत भए छिमेक लघुवित्तमा ?
संस्थाले एक विपन्न ऋणीसँग एक दशकअघिदेखि ऋणी/पशुधन सुरक्षण कोषका नाममा उठाएको करीब रु.८ करोड रुपैयाँ एक गैरसरकारी संस्थामा स्थानान्तरण गरेको पाइएको हो । उक्त गैरसरकारी संस्थामा संस्थाका सीइओ जोशीकै आफन्त संग्लग्न भएको भन्दै संस्थाभित्रका केहि कर्मचारीहरुले राष्ट्र बैंक गुहारेपछी यस्तो रहस्य बाहिर आएको हो । ‘संस्थामा यतिसम्म भ्रष्टाचार भएको छ कि भूकम्प पीडितलाई राहत दिने भनेर उठाइएको रकम समेत सोहि संस्थामा सरिएको पाइएको छ ।’ संस्थाकै एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘गरीब ऋणीसँग कर्जा तथा पशुधनको सुरक्षणबापत उठाएको रकम छिमेक सेवा समाज नामक गैरसरकारी संस्थामा सारेको छ ।’ संस्थागत सुशासन गरेको पाइएपछि राष्ट्र बैंकले समेत आवश्यक अनुसन्धान अगाडी बढाएको बुझिएको छ । 

‘संस्थामा व्यापक भ्रष्टाचार भएको छ । सीइओले आफुखुसी काम गरेका छन् । छिमेक सेवा समाज संस्थाले चितवनमा तीन बिघा जमीन खरीद तथा प्लटिङ गरी लघुवित्तका पदाधिकारी, कर्मचारी र उनीहरूको परिवारलाई बेचेको छ ।’ संस्थाका अर्का एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘लघुवित्तको डेपुटी जनरल म्यानेजर शोभा मिश्र, मानव संसाधन विभाग प्रमुख चोलराज शर्मा, तालिम विभाग प्रमुख दीपकनिधि तिवारी छिमेक समाज सेवा संस्थाका सञ्चालक हुन् । मिश्र, शर्मा र तिवारी लघुवित्तका सीईओ जोशीका एकदमै नजिकका नातेदार हुन् । यो त संस्थागत सुशासन विपरित भएन र ?’
छिमेकले आफ्ना ऋणीबाट वार्षिक रूपमा उठाएको कर्जा रकमको १ प्रतिशत ऋणी सुरक्षण शुल्क, पशुपालनको लागि ऋण दिँदा पशु संरक्षण कोषका लागि उठाएको कुल रकमको ५ प्रतिशत शुल्क, सम्पूर्ण सदस्यबाट उठाएको प्रति सदस्य मासिक रु.१ मा त्यति नै थपेर कल्याणकारी कोषमा जम्मा हुने रकम र कर्मचारीको एक बर्षको दुई दिन बराबरको तलब समेतगरी जम्मा भएको करिब एक करोड रकम संस्थाका सीइओ जोशीले आफ्ना परिवारले चलाएको गैरसरकारी संस्थामा सार्दै आएको भेटिएपछि थप अनुसन्धान अगाडी बढेको हो । 
के भन्छ नेपाल राष्ट्र बैंक ?
यता नेपाल राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले छिमेक लघुवित्तको रकम गलत नियतले गैरसरकारी संस्थामा सारिएको भेटिएपछि विभिन्न कागजपत्र मगाएर अनुसन्धान भइरहेको बताएका छन् । ‘हामीले छिमेक लघुवित्तका सीइओ लगायत अन्य उच्च अधिकारीसँग पनि स्पष्टीकरण लिएका छौं । थप अनुसन्धान जारी छ । अनुसन्धान सकिएपछी संस्थामा के के गलत भएको छ भन्ने तथ्य बाहिर आउने छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी