काठमाडौं – कुमारी बैंकले १३% व्याजमा ३ वर्षसम्मको मुद्दति खातामा निक्षेप आह्वान गरेको छ ।
बैंकले कम्तिमा १० हजार रुपैयाँ निक्षेप रहेको मुद्दति खातामा पनि १३% व्याज दिने भएको छ । व्यक्तिगत निक्षेपकर्तालाई मात्र यो सुविधा हुने बैंकले जनाएको छ । विशेष मुद्दति नाम दिएको उक्त बचतको व्याज मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
त्यस्तै, अरु बैंकहरुले पनि विहीबारदेखि १३% व्याजमा निक्षेप आह्रवान गर्ने सम्भावना रहेको छ । सार्वजनिक सूचनामा तोकिएको भन्दा शुन्य दशमलव ५% सम्म व्याज थपेर निक्षेप लिन पाउने व्यवस्था रहेकोले निक्षेपकर्ताले १३.५% सम्म व्याज पाउन सक्नेछन् ।
मंगलबार जनता बैंक नेपालले १२% व्याजमा निक्षेप संकलन गर्ने विज्ञापन सार्वजनिक गरेको थियो । बुधबार माछापुच्छ्रे बैंकले १२.५% व्याजमा निक्षेप लिने योजना सार्वजनिक गरेको छ । माछापुच्छ्रेले १२.५% व्याज मासिक रुपमा भुक्तानी गर्ने र ५ वर्ष अवधि सम्मको लागि निक्षेप लिने जनाएको छ ।
सोमबारसम्म बैंकहरुले निक्षेपकर्तालाई बचतमा ७% र मुद्दतिमा १०% मात्र व्याज दिने गरेका थिए । तीन दिनमा बैंकहरुले निक्षेपको व्याज ३०%ले वृद्धि गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्