×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकका कर्मचारीको मिलेमतोमा एउटाको जग्गा अर्कैका नाममा, ६ करोड बिगो दाबीसहित मुद्धा दायर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंकका कर्मचारीको मिलेमतोमा एउटाको जग्गा अर्कैका नाममा, ६ करोड बिगो दाबीसहित मुद्धा दायर !

Artha Sarokar

११ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ- खाताबाटै रकम गायब भएको काण्ड र विद्यार्थीलाई छाप्रोमा पठाएर विद्यालय भवनमा बैंकको साखा स्थापना गरिएको काण्ड सेलाउन नपाउंदै सानिमा बैंकको अर्को काण्ड छताछुल्ला भएको छ । बैंकका कर्मचारीहरुलाई गैरकानुनी रुपमा जग्गा हकहस्तान्तरण गरेको आरोपमा ६ करोडको बिगो दाबि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि सानिमा बैंकको नयाँ काण्ड सतहमा आएको हो । नक्कली जग्गाधनीको नामबाट गैरकानूनी रुपमा जग्गा बिक्री-वितरण तथा खरीद गर्ने कार्यमा प्रत्यक्ष भूमिका निर्वाह गरेको आरोपमा मुद्धा दायर गरिएका १६ जनामध्ये सानामा बैंकको एकान्तकुना ललितपुर शाखा कार्यालयमा ट्रेलरको रुपमा कार्यरत सनिश सापकोटा पनि रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार सानिमा बैंकका कर्मचारी सापकोटा बिरुद्द ६ करोडको बिगो दाबी गर्दै आरोप पत्र दायर गरिएको छ। 
यस्तै घटनामा अर्थ कवच तथा बचत ऋण सहकारी संस्था सुन्धारा काठमाडौंका निर्देशक नवदुर्गा प्रसाद ढुंगेलबिरुद्द समेत ६ करोडको बिगो दाबी गरिएको दंगालको भनाइ छ । बाँकी अन्यलाई पनि जनही ६ करोडको बिगो माग गरिएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता दंगालका अनुसार मालपोतका कर्मचारीको मिलोमतोमा चन्दनकृष्ण कायस्थको नाममा रहेको जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाको जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपूर्जा समेत खडा गरी गैरकानूनी रुपमा जग्गाको हकहस्तान्तरण गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान थालिएको थियो । सोहि अनुसन्धानमा सानिमा बैंकका कर्मचारीको समेत मिलेमतो भएको पाइएपछि उनी विरुद्ध पनि अदालतमा मुद्धा दायर भएको हो । 
अख्तियारका अनुसार चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगरले मालपोत कार्यालय, चाबहिलका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई गैरकानूनी तरिकाबाट आफ्नो फोटो टाँस गरेको पाइएको छ । वास्तविक जग्गाधनीलाई गैरकानूनी हानी पुर्याउने कार्य गरेको र आफू समेतलाई गैरकानूनी लाभ पुर्याएको भन्दै सजायको मागदावी लिई उनलाई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो।
अख्तियारद्वारा मिति २०७५।९।०९ गते जारी गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘ मालपोत कार्यालय चावहिलका कर्मचारीहरूको मिलेमतोमा चन्दनकृष्ण कायस्थको नाममा रहेको जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका, साविक विष्णु गाविस वडा नं.-७ग कित्ता नं. ३२३,३२५ र ३२९ गरी जम्मा क्षेत्रफल २-८-०-० रोपनी जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपूर्जा समेत खडा गरी कार्यालयमा रहेको श्रेष्तामा समेत उनाऊ व्यक्तिको फोटो टाँस गरी गैरकानूनी तरिकाले जग्गाको हकहस्तान्तरण गरेको भन्ने समेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा अनुसन्धानको क्रममा प्राप्त हुन आएका प्रमाण र कागजातहरूको अध्ययन विश्लेषण गरी हेर्दा, चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगर समेतले मालपोत कार्यालय, चाबहिलका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई गैरकानूनी तरिकाबाट आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा, नागरिकताको प्रमाणपत्र समेत खडा गरी-गराई सोही गैरकानूनी रुपमा खडा गरिएका कागजातहरु समेतको आधारमा अधिकृत वारेसनामा मार्फत पारित राजिनामाको लिखत मार्फत नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री-वितरण तथा खरीद गर्ने कार्यमा प्रत्यक्ष भूमिका निर्वाह गरी आफू समेतलाई गैरकानूनी लाभ हुने र वास्तविक जग्गाधनीलाई गैरकानूनी हानी पुर्याउने कार्य गरेको तथा मालपोत कार्यालय, चाबहिलका राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याई-सच्याउन लगाई नागरिकको निजी सम्पत्ती उपभोग गर्ने हक र राज्यले आफ्ना नागरिकको हक-अधिकारसंग सम्बन्धित सरकारी प्रमाण कागजात सुरक्षित राख्नुपर्ने दायित्वबाट बिमुख भई आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने बदनियतले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका १६ जना व्यक्तिहरु उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।’
सानिमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी