×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टले यसरी डुबायो लगानीकर्ता, लगातार भाउ घटेको घट्यै, बढ्ने कुनै छाँटकाँट नै छैन !

PRIME CA

शिवम् सिमेन्टले यसरी डुबायो लगानीकर्ता, लगातार भाउ घटेको घट्यै, बढ्ने कुनै छाँटकाँट नै छैन !

१३ चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आइपिओ निष्कासनकै समयमा विवादको उत्कर्षमा रहेको शिवम् सिमेन्टको सेयर किन्नेहरु नमज्जासँग डुबेका छन् । कम्पनीको सेयर तीन दिनमै दिनानुदिन झरीरहेपछि लगानीकर्ताहरु नमज्जासँग डुबेका हुन् । दोश्रो बजारमा कारोबार शुरु भएको लगातार तेस्रो दिन अर्थात मंगलबारसम्म शिवमका लगानीकर्ताले प्रतिकित्ता १२४ रुपैयाँ गुमाईसकेका छन् । गत आईतबार प्रतिकित्ता ४६४ रुपैयाँदेखि कारोबार शुरु भएको शिवमकाे सेयर मूल्य मंगलबारसम्म घटेर ३४० रुपैयाँमा झरेको छ । 
बेच्नेको अचाक्ली चाप हुँदा पनि किन्ने कोहि भेटिएनन् !
शिवमको सेयरलाई लगानीकर्ताले यतिसम्म वास्ता गरेका छैनन् कि सस्तोमा बिक्रीको छाप बढ्दा पनि यो सेयर किन्ने इक्षा कसैले राखेका छैनन् । आइतबारदेखि मंगबारसम्म शिवमको कुल १९ लाख ४५ हजार ३७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवमको सेयरको मूल्य अझै ओरालो लाग्ने विश्लेषण धेरैले गरेका कारण पनि यो सेयर किन्न कसैले पनि इक्षा नदेखाएका हुन् । आइईपीओमा डुबीदैन भन्ने भ्रम राखेका लगानीकर्ताहरुलाई यो पनि शिवमले नमज्जासँग झस्काएको देखिन्छ । यस अघि पनि शिवम् सिमेन्टको आइपीओका नाममा प्रवर्द्धक पोस्ने खेल भएको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेको थियो । त्यतिबेला कतिपयले शिवम् सिमेन्ट ‘सुनको अण्डा दिने’ सेयर हो वा युनिलिभर जस्तै माथि जान्छ भन्ने कुतर्क पनि गरेका थिए । अन्तत: यस्तै हौवाको पछि लाग्दा लगानीकर्ताहरु थला नै पर्नेगरी डुबेका छन् । डुब्ने क्रम अझै जारी रहने सेयर बजारका विश्लेषकहरुको भनाइ छ । 
स्मरण रहोस् अर्थ सरोकार डटकमले यस अघि पनि सिमेन्ट कम्पनीका थुप्रै कर्तुतहरु सार्वजनिक गरिसकेको छ ।      केहि समाचार तल हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: