×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टको आइपिओको नाममा प्रवद्र्धक पोस्ने दाउ, होङ्सीको नाममा यस्तो लुट, मूल्यांकनमा व्यापक चलखेल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिवम् सिमेन्टको आइपिओको नाममा प्रवद्र्धक पोस्ने दाउ, होङ्सीको नाममा यस्तो लुट, मूल्यांकनमा व्यापक चलखेल !

Artha Sarokar

२८ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- यसअघि पनि कहिले कम वतन भएको सिमेन्टका बोरा बेचेको त कहिले जनतालाई ठगेको, कहिले गुणस्तर विभागको छापामा गुणस्तरहीन पाइएको त कहिले मिडियामा समाचार आएपछी हटाउन चलखेल गरेको, काण्ड नै काण्डले विवादमा आइरहेको शिवम सिमेन्ट कम्पनीले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्ने तयारी गर्दै गर्दा कम्पनीका थप कर्तुतहरु सार्वजनिक हुन थालेका छन् धितोपत्र बोर्डले महंगो मुल्यमा सेयर बिक्री गर्न स्विकृति दिएको छ भने कम्पनीले भने जनतासँग करोडौं उठाएर आफ्ना संस्थापकहरुलाई पोस्ने दाउ गरेको खुलासा भएको छ । यसो त स्वीकृति पाउँदा नै थुप्रै चलखेल भएको आरोप बेला बेलामा लाग्ने गरेको कम्पनीले उत्पादन मुलक क्षेत्रबाट १२ प्रतिशत सेयर सर्वसाधरणको लागि बिक्री गर्दै छ । 
बोर्डको प्रिमियम मुल्यांकनमा कुनै आधार नै नदेखाई प्रतिकित्ता ४ सय रुपैंयामा सेयर बिक्रीको स्विकृति दिंदा चलखेल गरेको आरोप लागेपनि अब कम्पनी यो काममा अगाडी बढीसकेको छ । शिवमको चुक्ता पुाजी ३ अर्ब ८७ करोड रुपैयाा रहेको छ । चुक्ता पुाजीको करिब ४० प्रतिशत रकम हाल्दापनि सर्वसाधरणको हि:सा भने कम्पनीमा जम्मा १२ प्रतिशत हुन्छ । शिवम सिमेन्टले चैत मसान्तसम्म ९३ करोड ६६ लाख रुपैयाा फाइदा गरेको छ । कम्पनीको दैनिक उत्पादन क्षमता ३ हजार मेट्रिक टन रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७ अर्ब १० करोड रुपैयााको सिमेन्ट बिक्री गरेको देखाएको छ ।
कम्पनीको कन्तबिजोग !
कम्पनीका प्रबद्र्धक तिसकुमार मोरले विभिन्न मिडियामा अन्तरवार्ता दिएर कुन बर्ष कति लाभांश दिने घोषणासमेत गरेका छन् । यो सरासर गैरकानुनी काम भएपनि धीतोपत्र बोर्डले उनलाई कारवाही गर्न सकेको छैन । अचम्मलाग्दो कुरा त उनी बोर्ड र व्यवस्थापनमा नै छैनन् । अझ अचम्मलाग्दो कुरा त के हो भने कम्पनीले वित्तीय विवरण समेत प्रष्ट खुलाएको छैन भने यो कम्पनीको कुनै पनि गतिविधि पब्लिक कम्पनीको जस्तो छैन । कम्पनीले राष्ट्रघाती काम समेत गरेको छ । कम्पनीले आफ़्नो प्रचारमा गलत राष्ट्रिय गान राखेको खबर अर्थ सरोकार डटकमले यसअघि नै प्रकाशन गरिसकेको छ । शिवमको सन्चालक समितिको अध्यक्षमा सुरेन्द्रकुमार गोयल छन । सन्चालकहरुमा सन्दीपकुमा शारदा, रघुनन्दम मरु, अमित मोर र रोहित गुप्ता छन । जम्मा चार जना मारवाडी व्यापारी घरानाको लगानी रहेको शिवम सिमेन्टले आफ्नो अचल सम्पत्तिको रिभ्यालुएसन गरेर घरजग्गा सम्पत्तिको मुल्य बढाएर राख्दै त्यसलाई मुनाफा रकमको रुपमा देखाएको छ । यसले कम्पनीको मुनाफा धेरै बढेको देखाउदै सेयरको प्रिमियम मुल्य बढाइएको थियो । तर यस विषयमा धीतोपत्र बोर्ड मौन छ । उसले प्रभावमा परेर शिवमलाई स्वीकृति दिएको आरोप चौतर्फी लागेपनि यस विषयमा समेत बोर्ड केहि बोलेको छैन ।
मुल्याकनमा व्यापक चलखेल, होङ्सीको नाममा लुट !
यता कम्पनीले मुल्यांकनमा समेत व्यापक चलखेल गरेको छ । प्रिमियममा सेयर निष्काशन गर्नकै लागि कम्पनीले ३ बर्षको लाभांश वितरण एकदम हतारमा गरेको थियो । पछिल्लो ३ बर्षको लाभांश भन्दै कम्पनीले १०/१० प्रतिशत नगद लाभांश खुवाएको छ । कम्पनीको स्थिति यतिसम्म बिजोग छ कि विवरणपत्रसमेत आहिलेसम्म सार्वजनिक गरिएको छैन । कम्पनीको वित्तीय विवरणसमेत जम्मा ३ पेजको छ । केहि चार्टड एकाउन्टेन्टलाई समेत प्रभावमा पारेर कम्पनीले यस्तो गलत धन्दा चलाएको आरोप लाग्दै आएको छ । 
सतिश मोरको लक्की ग्रुप, सुरेन्द्र गाृयलको एचआर गोयल ग्रुप, शिवरत शारदाको शारदा ग्रुप, मुन्दरा समुहको देवेनरा ग्रुप, भिमसरिया ग्रुप र जेबी मारु ग्रुपको लगानी छ । अर्को एक चिनियाँ कम्पनीमा गरेको लगानी रकम उठाउनको लागि उनीहरुले आम जनतासँग यसरी पैसा असुल्न लागेको जानकारहरुको दावी छ । जनताबाट करोडौं रुपैयाँ उठाएर प्रवर्द्धकलाई मात्र पोस्ने काम हुने भएको छ । शिवमले २ प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित बासिन्दाको लागि र १० प्रतिशत अर्थात ४४ लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्दै छ । जसमा आयोजना प्रभावितका लागि प्रिमियम सहित ३ सय र सर्वसाधारणलाई ४ सय रुपैयाामा सेयर बिक्री गर्दै छ ।
यता होङसीको नाम भजाएर लगानीकर्तालाई मुर्ख बनाउने काम भएको छ । वास्तविक रुपमा होङसीमा शिबमको कुनै लगानी छैन । घुमाउरो पाराले अफसोर कम्पनीमार्फत होङसीमा लगानी गरेको देखाएर मुनाफा चुहाउने र घोाटाला गर्नेगरी काम भएको छ । शिवम सिमेन्टले सिधै होङसीमा लगानी गरेको नभइै शिवम होङिडङमा लगानी गरेको र शिबम होल्डिङले होङसीमा लगानी गरेको छ, जुन धेरैलाई थाहा छैन । दुई कम्पनी बिचको लगानीमा बिचमा एउटा अफसोर कम्पनी खडा गर्नुले कम्पनीको बदनियत स्पष्ट झल्कन्छ । भित्री कुरा बुझ्ने हो भने होङसीबाट हुने मुनाफाबाट शिबमका सेयरधनीले कति पनि लाभांश पाउँदैनन् । तर यहि हल्ला पिटाएर जनतालाई मुर्ख बनाउने काम भएको छ ।
यो छुटाउनु भयो कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी