![](https://1.bp.blogspot.com/-8CBEZCwdXwQ/XaaJIZRsGtI/AAAAAAABS0o/JNpRueLAZ9I94yy7E8-oSVLQa8Gm77zKACLcBGAsYHQ/s640/jyoti-bikash-bank.jpg)
काठमाडौँ । ज्योति बिकास बैंक लिमिटेडले १० जना मेनेजमेन्ट ट्रेनी र ४० जना जुनियर ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी मागेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आवेदन खुलाएको हो । बैंकले मेनेजमेन्ट ट्रेनीका लागि माष्टर्स सकेका आवेदकहरुबाट आवेदन मागेको छ भने जेटिए पदका लागि आवेदकले स्नातक पास गरेको हुनुपर्ने बताएको छ ।
हेर्नुहोस् भ्याकेन्सी
![](https://1.bp.blogspot.com/-QqPXqCDd_pI/XaaHalwIyII/AAAAAAABS0g/dMCJUOZaOccWmjY8KLcLrBaBjbDcKgFXwCLcBGAsYHQ/s1600/mt-jyoti.jpg)
आवेदकहरुलाई सीइओको टिप्स !
केहि समय अगाडी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले आफुले आवेदन दिने ठाउँमा बुझेर मात्र आवेदन दिन र अन्तर्वार्ताका लागि पनि तयार रहन सुझाव दिएका थिए । ‘तपाईं जुन बैंकमा जागिरको लागि आवेदन दिंदै हुनुहुन्छ, त्यो संस्थाको बारेमा बुझनुहोस्, आवश्यक जानकारी लिनुहोस्, तयारी गर्नुहोस् ।’ उनले भनेका थिए ।