Skip to content
LAXMI SUNRISE BANK

७५ लाख चेक बाउन्स काण्डमा फरार भेटवालले गरे आत्मसमर्पण, बैकिङ कसुरको मुद्धा अघि बढ्दै…

अर्थ सरोकार

काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् । भेटवालले मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् । 
एक महिना अघि पाटन उच्च अदालतले उनलाई पक्राउ गर्न पूर्जि जारी गरेको थियो तर सोही मुद्दामा फरार रहेका थिए । प्रहरीले भेटवाल ठगी गरेको आरोपमा खोजी सूचीमा रहेका थिए । मंगलबार बिहान उनी भारतबाट त्रिभुवन विमानस्थल हुँदै प्रहरी परिसर टेकु आएका हुन् ।
भेटवाल जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत हुन् । प्रहरीका अनुसार उनलाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर मंगलबारै अदालतमा म्याद थप्ने तयारी भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK