×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ले प्रभावित बनेको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य आजदेखि पुनः सुचारु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘लकडाउन’ले प्रभावित बनेको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य आजदेखि पुनः सुचारु

Artha Sarokar

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – लकडाउनसँगै रोकिएका आयोजनाको काम पछिल्लो समय पुनः शुरु भएको छ । स्वास्थ्य सावधानी अपनाउँदै लमजुङको दोर्दी गाउँपालिकास्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य आजदेखि पुनः शुरु भएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्धारण गरेका सर्तमा रहेर काम पुनः शुरु गर्न सो आयोजनाले अनुमति लिएको हो । सोही अनुरुप पुनः काम शुरु गरिएको आयोजनाले जनाएको छ । 
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनामा सात/सात जनाको दूई समूह बनाएर टनेलको लागि रड बान्ने काम भइरहेको छ । त्यस्तै १० जनाले ट्रान्समिसन लाइनका लागि खाल्डो खन्ने कामसमेत शुरु भएको र अरु काम भने हुन नसकेको आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले बताउनुभयो । आयोजनामा आवश्यक पर्ने ढुवानीको लागि समेत प्रक्रिया अघि बढाएर आयोजनाको अन्य कामसमेत केही दिनबाट शुरु गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । उक्त आयोजनामा ३०० कर्मचारी कार्यरत छन् । हाल ३०/३५ कर्मचारीबाट मात्र काम भइरहेको आयोजनाले जनाएको छ । 
आगामी असार महिनामा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले लकडाउनका कारण केही समय काम रोकिएकाले त्यो सम्भव नहुने साइड इन्चार्ज ज्ञवालीको भनाइ छ । उहाँका अनुसार आयोजनाको पावरहाउस, बाँधस्थल, सुरुङमार्ग, पाइप लाइन बिच्छ्याउनेलगायत ९२ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार पावरहाउसको सिभिल काम सबै सकिएको, इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत काम बाँकी रहेको, बाँधस्थलको सबै काम सकिएको तथा टनेल पाइप लाइनको ८० प्रतिशत काम सकिएको छ । त्यस्तै तीन हजार दुई सयमध्ये २०० मिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेको आयोजनाले जनाएको छ । 
विसं २०७२ फागुनबाट निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसेनरी सामानमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा भएको ढिलाइका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्मका लागि सम्झौता भए पनि सो अवधिमा पनि काम नसकिने भएपछि असारसम्म सक्ने गरी सम्झौता भएको थियो । तर लकडाउनका कारण उक्त समयमा पनि निर्माण कार्य सम्पन्न हुन नसक्ने आयोजनाले जनाएको छ ।
आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले नेपाल विद्युत् प्राधिकरणसँग सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पिपिए) भएको बताउनुभयो ।  तीन अर्ब ८६ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको यो आयोजनाको समयावधि थप गरिएपछि यसको लागत बढेर करिब रु चार अर्ब २३ करोड पुग्ने अनुमान गरेको थियो । लकडाउनका कारण काम रोकिँदा रु चार अर्ब ५० करोड लगानीमा निर्माण सम्पन्न हुने आयोजनाको अनुमान छ । आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । 
पाइप लाइनको काम माछापुच्छ्रे मेटल एण्ड मेसेरेनरी कम्पनी तथा सुरुङ निर्माणको काम मल्टी इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले लिएको छ भने बाँधस्थल र पावरहाउसको काम रसुवा कन्सट्रक्शन कम्पनी लिएको छ । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी