×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा बन्द गर्ने ट्रम्पको घोषणा, डीभी रोकिन सक्ने !

PRIME CA

सबै आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा बन्द गर्ने ट्रम्पको घोषणा, डीभी रोकिन सक्ने !

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कोरोना भाइरसबाट आक्रान्त बनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिक अर्थात आप्रवाशीलाई आफ्नो देशमा प्रवेश नदिने बताएका छन् । उनले अल्पकालीन अवधि (अस्थायी) का लागि यस्तो निर्णय लिइएको बताएका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा सार्थकता पाउन आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरिएको राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत पनि जानकारी गराएका छन् ।
कोरोनाका कारण अमेरिकी अर्थतन्त्र निकै कठिन मोडमा पुगिसकेको छ । त्यहाँ बेरोजगारहरुको संख्या भयाभहरुपमा वृद्धि भएको छ । लाखौं व्यक्ति बेरोजगार भइसकेका छन् । बेरोजगार भत्ताका लागि त्यहाँ २ करोडभन्दा बढीले आवेदन दिएका छन् । यसर्थ, आफ्ना नागरिकलाई रोजगारी सुरक्षा गर्न तथा उनकै भाषामा अदृष्य शत्रु कोरोना भाइरससँगको लडाईँमा सफलता प्राप्त गर्न यस्तो निर्णय लिनुपरेको हो ।
यसका लागि आफूले कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको पनि उनले उल्लेख गरेका छन् । ट्रम्पले आप्रवासीलाई तत्काल रोक्ने बताए पनि यो प्रावधान कलिहेदेखि कहिलेसम्म लागू हुन्छ भन्नेबारेमा केही पनि खुलाइएको छैन । यससँगै विदेशीका लागि भिसा प्रोसेसिङ लगायतका काम बन्द हुनेछन् । तर यसबाट त्यहाँ जान लागेका कति व्यक्ति प्रभावित हुनेछन् भन्ने खुलेको छैन । -एजेन्सीहरुको सहयोगमा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: