
- सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीमा जनता लक्षित काम गर्न नसकेको बताउँदै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता भरत बहादुर खड्काले वर्तमान सरकार पुर्ण रुपमा असफल भएको बताउनुभयो । पछिल्लो समय जुन गतिमा सरकार चल्नुपर्ने थियो त्यो भने हुन सकेको छैन ।
“कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेको ९३ करोड बराबरको पहल र प्रयास भने शुन्य देखिएको छ ।” नेता खड्काले भन्नुभयो, “सरकारले कामै गरेन भन्ने त होइन तर जनता लक्षित काम भने गर्न सकेको छैन, कोरोना माहामारी कसै कसैलाई त बम्पर उपाहारजस्तै भएको छ ।”
“सरकारका सबै काम असफल भएका छन् यसको मतलब कुनैपनि काम सफल भएका छैनन् भन्ने चाँही होइन । केही व्यक्ति र सरकारका केही कामका कारणले मात्रै हाम्रो चित्त नबुझेको हो । यद्यपी यो सरकारले अपेक्षा अनुसारको काम भने गरेको छैन तर असफल बनेको स्विकार पनि गर्दैन यो सरकार । खोई के कुराको दम्भ छ ? तर सत्तापक्ष र प्रतिपक्षलाई सँगै मिलाएर लैजानुपर्नेमा त्यो भने पटक्कै गर्न सकेको छैन”, नेता खड्काले भन्नुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्