×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बर्तमान सरकार असफल बन्यो, कसैकसैलाई त कोरोना बम्पर उपहार नै बनेको छः काङ्ग्रेस नेता खड्का

  • सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीमा जनता लक्षित काम गर्न नसकेको बताउँदै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता भरत बहादुर खड्काले वर्तमान सरकार पुर्ण रुपमा असफल भएको बताउनुभयो । पछिल्लो समय जुन गतिमा सरकार चल्नुपर्ने थियो त्यो भने हुन सकेको छैन । 
“कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेको ९३ करोड बराबरको पहल र प्रयास भने शुन्य देखिएको छ ।” नेता खड्काले भन्नुभयो, “सरकारले कामै गरेन भन्ने त होइन तर जनता लक्षित काम भने गर्न सकेको छैन, कोरोना माहामारी कसै कसैलाई त बम्पर उपाहारजस्तै भएको छ ।” 
“सरकारका सबै काम असफल भएका छन् यसको मतलब कुनैपनि काम सफल भएका छैनन् भन्ने चाँही होइन । केही व्यक्ति र सरकारका केही कामका कारणले मात्रै हाम्रो चित्त नबुझेको हो । यद्यपी यो सरकारले अपेक्षा अनुसारको काम भने गरेको छैन तर असफल बनेको स्विकार पनि गर्दैन यो सरकार । खोई के कुराको दम्भ छ ? तर सत्तापक्ष र प्रतिपक्षलाई सँगै मिलाएर लैजानुपर्नेमा त्यो भने पटक्कै गर्न सकेको छैन”, नेता खड्काले भन्नुभयो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: