×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वीजरल्याण्डको बैंकमा प्रधानमन्त्री पत्नीसहितको ‘संयुक्त बैंक खाता’, खातामा ५.५ मिलियन डलर, सेयरमा समेत लगानी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वीजरल्याण्डको बैंकमा प्रधानमन्त्री पत्नीसहितको ‘संयुक्त बैंक खाता’, खातामा ५.५ मिलियन डलर, सेयरमा समेत लगानी ?

Artha Sarokar

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीको स्विजरल्याण्डको बैंकमा पत्नी राधिका शाक्यसहित संयुक्त खाता भएको र सो खातामा करोडौं रुपैयाँ रहेको खुलासा भएको छ । ‘ग्लोबल वाच एनालिसीस’ले ओलीले यस्तो खुलासा गरेको हो ।  उनले बार्षिक ६ करोड रुपैयाँ लाभांशका रुपमा लिनेसमेत गरेको खुलासा भएको हो ।  कर छलीका लागिसमेत प्रयोग हुने बैंकका रुपमा परिचित उक्त बैंकमा ओलीको रकम देखिएको हो । 
ग्लोबल वाचका अनुसार  पत्नी राधिका शाक्यसहित संयुक्त नाममा खोलिएको उक्त खातामा ५.५ मिलियन डलर निक्षेप राखेका छन् भने सेयरमासमेत लगानी गरेका छन् । सेयरमा गरिएको लगानीबाट आएको लाभांशले ओलीको सम्पति पछिल्ला केहि वर्षमा ह्वात्तै बढेकोसमेत ग्लोबल वाचले दाबी गरेको छ । स्विजरल्याण्डमा आफ्नो आम्दानीको स्रोत देखाउनु नपर्ने र कर सम्बन्धी नियम पनि लचक भएकोले ‘टेक्स हेभन’ का रुपमा हेरिने गरिन्छ।

अपडेट
यता प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीविरूद्धको दुष्प्रचारको भ्रममा नपर्न आग्रह  गरेका छन् । बुधबार प्रेस नोट जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले  स्वीस बैंकसम्बन्धी प्रोपोगाण्डा प्रधानमन्त्रीको चरित्रहत्या गर्ने सुनियोजित षडयन्त्र रहेको दाबी गरेका छन् ।

(ग्लोबल एनालिसीसको स्रोतलाई आधार बनाएर बनाइएको यो समाचार अपुष्ट भएको देखिन आएकाले आइन्दा अन्तराष्ट्रिय संचारमाध्यमबाट समाचार साभार गर्दा ख्याल पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ । यसबाट पाठकप्रति हुन गएको भ्रमप्रति क्षमा चाहन्छौँ  – सम्पादक) 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी