Skip to content
LAXMI SUNRISE BANK

नयाँ गभर्नरको नयाँ मौद्रिक नीति : अटो लोन, मार्जिन लेन्डिङ र होम लोनको सीमा बढाइयो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा बढाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा बढाउने भएको हो ।
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको हो । समितिले पारित गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कानूनी व्यवस्था रहेको छ । सोहि अनुसार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक गर्दैछन् । 
होमलोनको सीमा १० प्रतिशत, लेण्डिङको सीमा ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याइने राष्ट्र बैंक उच्च स्रोतले जनाएको छ । यस्तै राष्ट्र बैंकले अटो लोनको सीमालाई पनि बढाएर ६० प्रतिशत पुर्याएको छ । अहिलेको विषम परिस्थितिलाइ मध्येनजर गर्दै राष्ट्र बैंकले यी क्षेत्रमा बैंकले प्रवाह गर्न पाउने ऋणको बढाइएको राष्ट्र बैंक स्रोतको दाबी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK