
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौंस्थित भाटभटेनीको नक्सालस्थित शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको खबर रातारात फैलियो । भाटभटेनी सुपरस्टोर नक्सालमा कार्यरत एक कर्मचारीका अनुसार भाटभटेनीको सो शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको छ । केहि कर्मचारीलाई उधृत गर्दै दिउँसोदेखि नै यो खबर जताततै फैलिंदा त्रास बढेको छ । भाटभटेनीका आधिकारीक व्यक्तिले यस विषयमा नबोल्दा झन् समस्या भएको छ ।
यता भाटभटेनीका अन्य केहि कर्मचारीले भने आफुले पनि हल्ला सुनेको तर खास कुरा थाहा नभएको दाबी गरेका छन् । उनीहरुले भाटभटेनीले सेनिटाईजरको राम्रो व्यवस्था गरेको र मास्क नलगाई भित्र प्रवेश नदिएका हुनाले ग्राहकहरुलाई संक्रमणको जोखिम नभएको दाबीसमेत गरेका छन् । भाटभटेनीको आधिकारिक धारणा लिने प्रयास गर्दा भाटभटेनीका कोहि पनि बोल्न तयार छैनन् ।
अपडेट :
भाटभटेनीले प्रेस विज्ञप्ति जारी गर्दै भाटभटेनीमा कसैलाई पनि कोरोना संक्रमण नभएको स्पष्ट पारेको छ :

अपडेट:
अन्तत: भाटभटेनीले आफ्ना कर्मचारीलाई कोरोना संक्रमण नभएको दाबी गरेको छ । भाटभटेनी व्यववास्थापनका तर्फबाट विनोद भट्टराइले लेखेका छन्-
भाटभटेनी सुपरमार्केटले कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्डहरु पालना गरेको र त्यसैअनुसार सुपरमार्केट सञ्चालनमा ल्याएको छ।’हामीले भाटभटेनीमा आउने प्रत्येक ग्राहकलाई साबुनपानीले हात धोएर, तापक्रम परीक्षण गरेर,अनिवार्य माक्स त्यसपछि हातमा सेनेटाइजर लगाएर सामान खरिद गर्नका लागि प्रवेश दिन्छौं-हामीकहाँ आउने ग्राहकको सुरक्षालाई हामीले ध्यानमा राखेका छौं भने हाम्रा सबै कर्मचारीहरुले पनि उच्च सतर्कता अपनाएका छन्, आजका दिनसम्म सबै शाखाका कर्मचारीहरु सुरक्षित छन् र यी मिडियामा आय जस्तो कुनै पनि कर्मचारीमा कोरोना संक्रमण भएको छैन र अर्को कुरा हामीकहाँ कुनैपनि शाखा को कुनै पनि कर्मचारीमा कोरोना नभएको जानकारी गर्दछौं ।
व्यवस्थापन
भाटभटेनी सुपरमार्केट
(यसअघि समाचार शिर्षक ‘भाटभटेनी सुपर स्टोरका कर्मचारीमा कोरोना संक्रमण ? भाटभटेनीले भन्यो -‘हल्लामात्र हो’ हुनुपर्नेमा अन्यथा भएकोमा सखेद सच्याईएको छ । पाठकमा भ्रम परेको भए क्षमा चाहान्छौं- सम्पादक)