×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा समितिले बीमा कम्पनीलाई भन्यो – ‘कोरोना बीमाको दाबी भुक्तानी नपाएको गुनासो धेरै आयो, ७ दिनभित्रै भुक्तानी दिनू’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । बीमा समितिले कोरोना बिमाको दाबी भुक्तानी दिन सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिन भित्र दिन निर्देशन दिएको हो । पछिल्लो समय दाबी भुक्तानी नपाएको गुनासो समितिसम्म पुगेपछि समितिले यस्तो निर्देशन दिएको हो । 
कोरोना बीमा गरेका संक्रमितले कागजात पुरा गरी दाबीका लागि परेका आवेदनलाई नरोक्न निर्देशन दिइएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले जानकारी दिए । समितिले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । तर केही समयअघि सो बीमा पोलिसीलाई समितिले केहि संसोधन गरेको थियो ।
हालसम्म १७ लाख ७० हजार नौ सय २६ जनाले कोरोना बीमा गरेका हुन् । १७ लाख ७० हजारले कोरोना बीमा गर्दा बीमा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यद्यपी एक हजार ४ सय ४१ जनाले मात्रै दाबी भुक्तानी पाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: