
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रोयल ईन्फिल्ड ब्रान्डले आज आफ्नो सबै भन्दा लोकप्रिय मोडल, क्लासिक ३५० सीसीको सिग्नल्स भेरियन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु,एयरबर्न ब्लु र स्ट्रोम्राइडर स्यान्ड, सर्वजनिक गरेको छ ।
रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागि ड्युल च्यानल एबीएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखिनै सफलता हासिल गर्दै आएको यस रोयल ब्रान्डका ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाईकल बजारमा ल्याएको हो ।
नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रा ली ले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा क्लासिक ३५० सिग्नल्स बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ ।
बीएस आइभी संस्करण अन्तर्गत रेट्रो लूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी ड्युल च्यानल एबीएस पनि राखिएको छ । यसको मुल्य रु ५,९९,९९९ मात्र राखिएको छ । यो मोटरसाइकल एयरबर्न ब्लु र स्ट्रोमराइडर स्यान्ड गरी दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने छ ।
सन् २००८ देखि बिक्री बितरणमा आएको रोयल ईन्फिल्ड क्लासिक ३५० सीसी मोडलका मोटरसाईकलहरुले दोस्रो विश्व युद्ध पश्चातको ब्रीटिस मोटरसाईकलहरुको स्मरण गराउने कम्पनीले जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्