काठमाडौं । लक्ष्मी उन्नति कोषले बुक क्लोजको मिति तय गरेको छ । फन्डले २५% नगद लाभांश वितरण गर्न साउन १३ गते बुक क्लोज गर्ने मिति तय गरेको हो । साउन १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गर्न लागेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई करसहित २५% नगद दिने घोषणा गरेको हो ।