×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको ‘ऋण-पासो’ बंगलादेशद्वारा अस्वीकार, बेल्ट एण्ड रोडको बेवास्ता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनको ‘ऋण-पासो’ बंगलादेशद्वारा अस्वीकार, बेल्ट एण्ड रोडको बेवास्ता

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ढाका । पाकिस्तान र श्रीलंकाजस्तो स्थिति आउनसक्ने आंकलन गर्दै बंगलादेशले चीनको ‘ऋण-पासो’ अस्वीकार गरेको छ । बंगलादेशले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभलाई नलिने घोषणा गरेको हो । पाउलो कासाकाले दक्षिण एसिया डेमोक्रेटिक फोरम (एसएडीएफ) मा एक रिपोर्ट गर्दै बंगलादेशका अधिकारीहरूलाई सतर्क गराएका छन् । उनले अब तुलनात्मक हिसाबले बिआरआईमा उनीहरूको सहभागिताले ल्याएको सम्भावित भौगोलिक राजनीतिक निर्भरताका विषयमा सजग गराएका छन् ।

बंगलादेशले भावी चिनियाँ नौसेना उपस्थितिको लागि उपयुक्त गहिरा(समुद्री बन्दरगाहमा चिनियाँ लगानीलाई अनुमति नदिने घोषणा गरेको हो । बंगलादेशले सोनाडिया समुद्र परियोजनालाई रद्द गर्‍यो र केवल पेरामा पोर्ट प्रोजेक्टमा सहमति जनाएको छ । नौसेना बेसका लागि धेरै असम्भव रहेको ७५ किलोमिटर लामो नहरको परियोजनामात्र अगाडि सारेको हो । बंगलादेशले आफ्नो उपस्थिति औपचारिक रुपमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा अक्टूबर १५, २०१ट मा चिनियाँ राष्ट्रपति शी जिनपिङ भ्रमणका क्रममा जनाएको थियो ।

दुबै देशहरू उनीहरूको सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ को स्तरमा प्रबर्द्धन गर्न पनि सहमत भएका थिए । लगानीको मात्राले पाकिस्तानलाई बंगलादेश दोस्रो चिनियाँ कोष प्राप्तकर्ता बनाएको एस रामचन्द्रनले रिपोर्ट गरेका छन् । चाइना डेलीका अनुसार महामारीसम्बन्धी सामान्य मन्दीको बाबजुद पूर्वाधार निर्माण र विशेष आर्थिक क्षेत्रजस्ता डोमेनमा चिनियाँ लगानी लगातार बढिरहेको एसएडीएफले रिपोर्ट गरेको छ ।

राष्ट्रिय रक्षामन्त्री वे फेंगेले बंगलादेशका राष्ट्रपति अब्दुल हामिदसँगको भेटमा घोषणा गरे कि क्षेत्रीय शान्ति र स्थायित्वको संयुक्त रूपमा दुई पक्षले दक्षिण एशियामा सैन्य गठबन्धन स्थापना गर्ने र वर्चस्ववाद अभ्यास गर्ने क्षेत्र बाहिरी शक्तिको बिरूद्ध संयुक्त प्रयास गर्नुपर्ने बताएका थिए । बंगलादेशले चिनियाँ ऋण जालोमा फसेका पाकिस्तान र श्रीलंकाको उदाहरण आफ्नो दोहोरिन नदिनका लागि बीआरआईलाई पूर्णरुपमा स्वीकार गर्न नसकिने बंगलादेशले जनाएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: