×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले निष्कासन गर्ने ‘९% सिभिल बैक डिबेन्चर २०८८’ को प्रत्याभूति ४ कम्पनीले गर्ने, भयो सम्झौता पत्रमा हस्ताक्षर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिभिल बैंकले निष्कासन गर्ने ‘९% सिभिल बैक डिबेन्चर २०८८’ को प्रत्याभूति ४ कम्पनीले गर्ने, भयो सम्झौता पत्रमा हस्ताक्षर

Artha Sarokar

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल बैंक लिमिटेडेले सार्वजनिक गर्न लागेको १ हजार अंकित दरको ३० लाख कित्ता डिबेन्चरको प्रत्याभूती ४ कम्पनीले गर्ने भएको छ । बैंकको ३ अर्ब रुपैयाँ बराबरको ‘९% सिभिल बैक डिबेन्चर २०८८’ को प्रत्याभूती नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडले गर्ने भएको हो ।

यस सम्बन्धी सिभिल बैंक लिमिटेड तथा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडबीच प्रचलित धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम मिति २०७७/०४/०३ गते प्रत्याभूती सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सिभिल बैंकले निष्कासन गर्ने ‘९% सिभिल बैक डिबेन्चर २०८८’ डिबेन्चरहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भए बमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । यस क्रममा प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटल लिमिटेडले ३५ करोड, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडल ३५ करोड बरावरको डिबेन्चर पत्याभुति गर्ने सम्झौत गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी