
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिभिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको बैंकमा नियुक्ति नै गैरकानुनी भएको तथ्य अर्थ सरोकारले फेला पारेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनको सुशासन सम्बन्धि व्यवस्थामा उल्लेख भएको व्यवस्था विपरित उनको नियुक्ति भएको प्रमाण अर्थ सरोकारले फेला पारेको हो ।
सो व्यवस्थामा कुनै पनि बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भएको व्यक्ति अन्य कुनै व्यावसायिक संस्थामा संचालक, कार्यकारी प्रमुख, अन्य पदाधिकारी, कर्मचारी वा अन्य कुनै पदमा रही काम गर्न पाउने छैन भनी स्पष्ट व्यवस्था गरेको छ । तर सिभिल बैंकका डेपुटी सीइओ हुँदा सिभिल क्यापिटलमा अध्यक्ष रहेका पोखरेलले क्यापिटलको अध्यक्ष पदनै नत्यागी सिधै सीइओमा नियुक्ति लिएका थिए । जुन सरासर गैरकानुनी छ । हेर्नुहोस् उनको नियुक्ति गैरकानुनी छ भन्ने प्रमाण :

सिभिल बैंकमा सीइओ नियुक्ति हुँदाको बखत उनले सिभिल क्यापिटलको अध्यक्ष पदबाट राजिनामा दिनुपर्थ्यो । तर उनले त्यसो गरेनन् । यतिसम्म कि सिभिल क्यापिटलले आफ्ना अध्यक्ष सिभिल बैंकका सीइओ भएकोमा लाजमर्दो र गैरकानुनी बधाई सन्देश पनि सार्वजनिक गरेको थियो ।
उनले हालसम्म पनि क्यापिटलको अध्यक्ष पदबाट राजिनामा नदिएको क्यापिटलको एक उच्च स्रोतले पुष्टी गरेको छ । यसो त क्यापिटलको वेवसाइटमा पनि उनी संस्थाको अध्यक्ष नै रहेको दाबी गरिएको छ । हेर्नुहोस् सिभिल क्यापिटलले आफ्ना अध्यक्षलाई बधाई दिएको प्रमाण :

सिभिल बैंकको डेपुटी सीइओ हुँदा अन्य बैंककोसमेत अफर लेटर लिएर बसेका पोखरेलले सोहि अफर लेटर देखाएर सीइओ पदका लागि बार्गेनिङ गरेको चर्चा यस अघि नै चलेको थियो । तर उनको नियुक्ति नै गैरकानुनी रहेको खुलासा भएसँगै अव उनले पुनर्नियुक्ति लिन्छन् वा, नियम विपरित भएको नियुक्तिलाई नै आधिकारिक मानेर अगाडी बढ्छन् भन्ने कुरा भने हेर्न बाँकी छ ।

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय पोखरेलसँग नेपाल तथा विदेशको बैंकमा काम गरेको अनुभव छ । पोखरेलले बैंकिङ करिअरको सुरुवात तत्कालिन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड)बाट गरेका थिए । सिभिल बैंकका सीइओ गोविन्द गुरुङ म्यानमार सिटिजन्स बैंकमा सीइओ हुन गएपछि सिभिलमा सीइओ पद खाली थियो ।
यस विषयमा उनको धारणा लिन हामीले उनलाई सम्पर्क गरेका थियौं । उनले पनि उता अध्यक्ष पदबाट राजिनामा नदिई आफु यता सीइओ भएको र आजका मितिमा उनी उता अध्यक्ष पनि र यता सीइओ पनि भएको स्वीकारेका छन् । जुन सरासर गैरकानुनी हो । तर उनले बैंकको बोर्ड बैठक बिहीबार भएको र बिहिबारको बोर्ड बैठकले नयाँ अध्यक्ष नियुक्त गर्ने जवाफ दिएका छन् । ‘तपाईं उता पनि अध्यक्ष अहिले, यता सीइओ पनि, यो त सरासर गैरकानुनी भएन र ?’ हाम्रो प्रश्नमा उनले भने, ‘अव आज नयाँ अध्यक्ष नियुक्त हुनुहुनेछ । बैंकले नयाँ अध्यक्ष नियुक्त गर्छ । अनि म त्यहाँ हुन्न ।’
उनको सार्है गैरजिम्मेवार जवाफले पनि सिभिल बैंक कम्प्लाइन्समा कुन हदसम्म कमजोर छ भन्ने प्रष्ट पार्छ । तर यसरी देखादेख राष्ट्र बैंकको कानुनको खिल्ली उडाउनेलाई कारवाही नहुनुभित्रको रहस्य के हो भन्ने तथ्य शंकास्पद देखिन्छ । यसो त उनलाई सीइओको कार्यभार सम्हाल्दा अन्य कानुनले बर्जित गरेको काम गरेकोसमेत आरोप लागेको छ । यस विषयमा थप तथ्य आगामी अंकमा प्रस्तुत गर्नेछौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्