×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्यमा गिरावट, सेयर बजारमा भने लगानी बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्यमा गिरावट, सेयर बजारमा भने लगानी बढ्यो

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी इक्विटी फन्डको सूचिकृत कम्पनीको सेयरमा लगानी बढेको छ । एक महिना अर्थात असार मसान्तसम्म आइपुग्दा फन्डको सेयरमा लगानी बढेर १ अर्ब ४ करोड ४२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । जेठ महिनामा यसले ८८ करोड ३७ लाख ७९ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको थियो ।
यस्तै यसैअवधिमा फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने घटेको छ । फन्डको न्याभ ३२ पैसाले घटेर १५ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । अघिल्लो महिना यसको न्याभ १६ रुपैयाँ १३ पैसा थियो । फन्डले ७४ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
सबैभन्दा धेरै लगानी नेपाल इन्फास्ट्रक्चर बैंकको २ लाख ३८ हजार ९०९ कित्ता सेयरमा ११ करोड ७५ लाख ४३ हजार रुपैयाँ लगानी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी