काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको नेप्सेमा ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि कुल १५.७८९५ प्रतिशत लाभांश जारी गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र बाँँकी ०.७८९५ प्रतिशत नगद (लाभांश प्रयोजनार्थ) रहेका थिए।