काठमाडौँ । नेपाल स्टक एकसचेञ्ज (नेप्से) ले लगानीकर्तालाई सहि स्थायी लेखा नम्बर अपडेट गर्न आग्रह गरेको छ । लगानीकर्ताबाट स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासो आएपछि नेप्सेले यस्तो आग्रह गरेको हो ।
यस्तै नेप्सेले अधिंकाश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक-फरक हुने गरेको पाईएको पनि बताएको छ । आफ्नो स्थायी लेखा नम्बर ठिक भए/नभएको रुजु गरी एकिन हुन लगानीकर्ता स्वयमलाई नेप्सेले आग्रह गरेको हो । नेप्सेले उक्त फरक स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभागको साइटमा अप्लोड हुन नसक्नेसमेत जानकारी दिएको छ ।