Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको बुक क्लोज मिति तय, ४० प्रतिशतका दरले नगद लाभांश वितरण गरिने

अर्थ सरोकार

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को बुक क्लोज मिति तय भएको छ । दुवै फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ २४ गते बुक क्लोज गर्ने घोषणा गरेको हो ।

त्यसकारण भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्ने भएका छन् । सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK