×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ ।  कम्पनीले सूचना जारी गर्दै कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएको हुँदा उनीहरुलाई सेयर रजिष्ट्रारको कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड नक्सालमा सम्पर्क गरेर नगद लाभांश बुझ्न आग्रह गरेको हो ।
कम्पनीले तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने  जनाएको छ । सेयरधनीले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी