काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड १ र सिटिजन्स म्युचुअल फन्ड २ को लाभांश घोषणा भएको छ । कोष व्यवस्थापक सीबीआइएल क्यापिटलले दुवै म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ४०% को दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि घोषणा गरिने क्यापिटलले जनाएको छ ।
