काठमाडौं । कुमारी इक्विटी फन्डको ५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरणको लागि फन्डले सोमबार बुक क्लोज गर्दैछ । जस कारण आजसम्म कायम रहने इकाईधनीले मात्र यस फन्डको लाभांश पाउनेछन्।
कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीलाई करसहित ५% नगद लाभांश दिने निर्णय गरेको छ ।