काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । कम्पनीको १७ लाख ७८ हजार २६.१४ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
याेसँगै अब गुराँसको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।