काठमाडौं । कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी बढेको छ । साउन मसान्तसम्म आइपुग्दा फन्डले सूचीकृत कम्पनीको सेयरमा लगानी ९ करोड ३३ लाख ४७ हजार रुपैयाँले बढेर ६३ करोड ४८ लाख २८ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो महिना यसले सूचीकृत कम्पनीको सेयरमा ५४ करोड १४ लाख ८१ हजार रुपैयाँ लगानी गरेको थियो ।
यस्तै फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि बढेको छ । एक महिनाको अवधिमा यसको न्याभ २९ पैसाले बढेर ११ रुपैयाँ ०१ पैसा पुगेको छ । असार महिनामा यसको न्याभ १० रुपैयाँ ७२ पैसा थियो ।
यता बैंक मौज्दात भने ६ करोड ६६ लाख ७९ हजार रुपैयाँले घटेर २५ करोड २६ लाख ६३ हजार रुपैयाँमा आएको छ । असार महिनामा फन्डले ४० सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयरमा लगानी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्