Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी इक्विटी फन्डले थाल्यो आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश पठाउन

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी इक्विटी फन्डले आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश  पठाउन सुरु गरेको छ । फन्डले बिहीबारबाट हालसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएको हो ।
यता फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । जससंगै इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK