काठमाडौं । लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई आजबाट नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । कोषले हालसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाउन सुरु गरेको हो ।
यस्तै कोषले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । पहिला इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।
हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ । लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५% नगद लाभांश (प्रतिफल) वितरण गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्