×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी उन्नति कोषले नगद लाभांश इकाईधनीको बैंक खातामा पठाउन थाल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी उन्नति कोषले नगद लाभांश इकाईधनीको बैंक खातामा पठाउन थाल्यो

Artha Sarokar

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई आजबाट नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । कोषले हालसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाउन सुरु गरेको हो ।
यस्तै कोषले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । पहिला इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।
हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ । लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५% नगद लाभांश (प्रतिफल) वितरण गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी