×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा सदस्य सेवा केन्द्र सुरु, सदस्यहरुलाई घरदैलोबाट नै सेवा दिने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा सदस्य सेवा केन्द्र सुरु, सदस्यहरुलाई घरदैलोबाट नै सेवा दिने उद्देश्य

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको गैरीधारा शाखा कार्यालयले सदस्य सेवा केन्द्र थानकोटमा शनिवारबाट सुुरु गरेको छ । संस्थाका संचालक सन्तोष फुयालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको बिचमा विधिवत रुपमा सेवा केन्द्र संचालन गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले उपस्थितहरुलाई संस्थाको सेवा सुविधा तथा डिजिटल बैंकिङ सम्बन्धि जानकारी गराएका थिए ।

कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले सभाध्यक्षता गर्दै सदस्यहरुलाई घरदैलोबाट नै सेवा दिने उद्देश्यले शाखाको सेवा केन्द्र संचालन गरिएको बताए । कार्यक्रममा पुर्व संचालक सिर्जना श्रेष्ठले थानकोट क्षेत्रमा सेवा विस्तार पश्चात पहिलेबाट नै सेवा लिइरहेका सदस्यहरुलाई सहज भएको तथा अरु थप सदस्यहरुले सेवा लिन सहज भएको बताए ।
सेवा केन्द्र सुचारु कार्यक्रममा एक दर्जन भन्दा बढि उपस्थितहरु सदस्य बनेर सेवा लिएको गैरीधारा शाखा प्रमुख बसन्ती तामाङले जानकारी दिए । संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले स्वागत मन्तव्य सहित उपस्थितहरुलाई स्वागत गरिएको कार्यक्रम बनेपा ब्लक स्टेशन प्रमुख किरण विष्टले संचालन गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी