काठमाडौँ । मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले साउन ७ गते बिहीबारबाट साउन १२ गते मंगलबारसम्म बिक्री खुला गरेकाे ऋणपत्र बिहिबार बाँडफाँड गरिएको हो ।
उक्त अवधिभर रितपूर्वक प्राप्त आवेदनहरू प्रशाेधन गर्दा सर्वसाधारणका लागि माग बमाेजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनकाे हकमा समानुपातिक रूपमा साउन २१ गते बाँडफाँड गरिएकाे बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । बैंकले ७ वर्ष अवधिकाे ८.७५ प्रतिशत ब्याजदर भएकाे ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे ।
जसमा बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरी सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।