काठमाडौं । मेगा म्युचुअल फन्ड १ मा आवेदन दिने भोलि बिहिबार अन्तिम दिन रहेको छ । भोलि कार्यालय समयसम्म सो फन्डमा आवेदन दिन पाइने भएको हो । मेगा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । तर बिहीबारसम्म माग अनुसार आवेदन नपरेमा भने भदौ १८ गतेसम्म पनि भर्न पाइनेछ ।
न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५% इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यो बन्दमुखी योजनाको फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
१० वर्ष अवधिको यस फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्