×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा म्युचुअल फन्ड १ मा आवेदन दिने बिहिबार अन्तिम दिन, सम्पूर्ण इकाईका लागि आवेदन नपरेमा भने समय थप हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेगा म्युचुअल फन्ड १ मा आवेदन दिने बिहिबार अन्तिम दिन, सम्पूर्ण इकाईका लागि आवेदन नपरेमा भने समय थप हुने

Artha Sarokar

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा म्युचुअल फन्ड १ मा आवेदन दिने भोलि बिहिबार अन्तिम दिन रहेको छ । भोलि कार्यालय समयसम्म सो फन्डमा आवेदन दिन पाइने भएको हो । मेगा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । तर बिहीबारसम्म माग अनुसार आवेदन नपरेमा भने भदौ १८ गतेसम्म पनि भर्न पाइनेछ ।
न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५% इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यो बन्दमुखी योजनाको फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
१० वर्ष अवधिको यस फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी