×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्युचुअल फण्डको आवेदनमा नयाँ रेकर्ड कायम, मेगा म्युचुअल फण्ड–१ मा पर्यो हालसम्मकै उच्च आवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

म्युचुअल फण्डको आवेदनमा नयाँ रेकर्ड कायम, मेगा म्युचुअल फण्ड–१ मा पर्यो हालसम्मकै उच्च आवेदन

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मेगा म्युचुअल फण्ड–१ का इकाईमा माग गरिएको भन्दा बढीको आवेदन परेको छ । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” को प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई बिक्री खुला गरिएको थियो । उक्त इकाईमा दोस्रो दिन नै मागभन्दा बढी आवेदन परेको थियो ।
कूल इकाईमध्ये यूनतम १ करोड ५० लाख र कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखिएको छ भने बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको थियो । चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।
नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन यस “मेगा म्युचुअल फण्ड–१” मा प्राप्त भएको छ । यो नयाँ कृतिमान् कायम गरेकोमा कम्पनी गौरवान्वित भएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड प्रति प्राप्त भएको यस विश्वासका कारण हामीलाई अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ र मेगा म्युचुअल फण्ड–१ प्रति देखाउनु भएको विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदान गर्न क्रियाशील रहने जनाएको छ । मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी