काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डले लाभांश घोषणा गरेका छन् । कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले दुवै फन्डका इकाईधनीलाई ३०% का दरले नगद लाभांश दिने निर्णय गरेको हो ।
एनआइसी एसिया ग्रोथ फन्डका इकाईधनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ३०% नगद लाभांश पाउनेछन् । यस्तै ब्यालेन्स्ड फन्डका इकाईधनीले पनि करसहित ३०% नगद लाभांश हात पाउनेछन् ।