काठमाडौँ । नेप्सेले मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओलाई पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज तोकिदिने देखिएको छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । जसअनुसार कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ०७ पैसा हुन्छ ।
मानुषीले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड भदाै ७ गते भएको थियो भने साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।