×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडियो क्यान्डिडको नियमित प्रसारण सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रेडियो क्यान्डिडको नियमित प्रसारण सुरु

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । खबर हब डटकम प्रकाशनको सफलतासँगै  पेभिलियन मिडिया ग्रुपले संचालन गरेको  रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले औपचारिक प्रशारण आरम्भ गरेको छ । २४सै घण्टा प्रशारण हुने सो रेडियोले मंगलबार विहान ६ बजेबाट आफ्नो औपचारिक प्रशारण सुरु गरेको हो । हाल सो रेडियो काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा सुन्न सकिन्छ भने निकट भविष्यमा नै विभिन्न स्थानीय रेडियोहरुको साझेदारीमा देशका विभिन्न स्थानहरुमा सुन्न सकिने पेभिलियन मिडिया ग्रुपले जनाएको छ ।

हाल रेडियो, ९२.७ मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट  रेडियो क्यान्डीड डटकममा समेत सुन्न सकिने पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले बताएका छन् । उनका अनुसार रेडियोले सूचनामूलक कार्यक्रम, अन्तर्वार्ता, समाजिक–आर्थिक ममला, समसामयिक विषय, खेल, प्रविधि र मनोरञ्जन लगायत अन्य विषयहरू समेट्नेछ भने सरोकारवालाहरूसँग संवादको रिक्तता पूरा गर्न एउटा सशक्त मञ्चका रूपमा काम गर्नेछ ।

सन् २०१५ अप्रिल २ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट रेडियो प्रसारणको लाइसेन्स पाएको  रेडियो क्यान्डिडले नेपालको द्रुतगामी स्टेसनका रुपमाजनजीवनका सबै क्षेत्रका लागि सूचना, सङ्गीत र मनोरञ्जनका लागि काम गर्ने बताएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी