काठमाडौं । सिद्धार्थ इक्विटी फन्डको ३०% नगद लाभांश सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा भएको छ । फन्डले हालसम्ममा डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल भदौ ९ गतेबाट पठाउन सुरु गरेको हो ।
यस्तै फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ । यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।
हालसम्म पनि हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । अनिमात्र लाभांश जम्मा हुने क्यापिटलले जनाएको छ ।