Skip to content
LAXMI SUNRISE BANK

सनराइज फर्स्ट म्युचअल फण्डको प्रतिफल सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

अर्थ सरोकार

काठमाडौं । सनराइज फर्स्ट म्युचअल फण्डको प्रतिफल सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । सनराइज म्युचअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचअल फण्डको प्रतिफल सुरक्षित गर्ने भदौ १५ गते मंगलबार अन्तिम दिन रहेको हो ।

फण्डले प्रतिफल वितरण प्रयोजनको लागि भदौ १६ गतेको दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण भदौ १५ गतेसम्मका कायम इकाईधनीले मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्ने भएका छन् । उक्त फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK