काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ । कम्पनीकाे १५.३५ प्रतिशत बाेनस बापतकाे ३ लाख ३० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।
यस कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियाे ।