×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी जल क्षेत्रमा चिनियाँ नौसेना पठाउने चीनको चेतावनी, भन्यो-‘चाँडै दिन आउनेछ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

अमेरिकी जल क्षेत्रमा चिनियाँ नौसेना पठाउने चीनको चेतावनी, भन्यो-‘चाँडै दिन आउनेछ’

बेइजिङ । चीनले आफ्नो दाबी गरेको दक्षिण चीन सागरमा यही महिनाको सुरुवातमा अमेरिकाले कार्ल भिनसोन क्यारियर स्ट्राइक ग्रुप (भीआईएनसीएसजी) परिचालन गर्यो । सन् २०२१ को पहिलो पटक अमेरिकालाई यो समूहलाई उक्त क्षेत्रमा परिचालन गरेको हो । यसले जल क्षेत्रको सुरक्षा व्यवस्थाबारे आफ्नो काम गर्ने र जल क्षेत्रमा हुने आक्रमणको अभ्यास गर्ने बताइएको छ । उक्त समूहका कमाण्डर रियर एड्मिन डान मार्टिनले अन्तर्राष्ट्रिय जल क्षेत्रका निगरानी गर्नु सबै मुलुकको स्वतन्त्रता भएको बताए । विशेष गरी वार्षिक विश्वको जल क्षेत्रबाट हुने व्यापारको एक तिहाइ दक्षिण चीन सागरबाट हुन्छ, यस क्षेत्रको निगरानीमा भने झन विशेष ध्यान दिनुपर्ने उनले बताए ।

उनले प्यासिफिकबाट सान डिएगो हुँदै दक्षिण चीन सागरमा ट्रान्जिट हुने भएकोले यस क्षेत्रमा गठबन्धनसँग काम गर्न थप सहज हुने उनले बताएका छन् । शान्ति र स्थायीत्वका लागि यस क्षेत्रमा संयुक्त सैन्य अभ्यास गर्ने, विभिन्न अप्रेशनहरु सञ्चालन गर्ने काम गर्न सहज हुने उनले बताएका छन् । तर चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले भने उक्त कुराको आलोचना गरेका छन् । दक्षिण चीन सागरमा प्रवेश गरेको अमेरिकी सेनाको स्ट्राइक क्यारियर ग्रुपको चिनियिाँ सञ्चारमाध्यमहरुले चर्को आलोचना गरेका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका प्रधानसम्पादक हु जियानले ट्विटमार्फत चिनियाँ लडाकूका नौसेना विमानहरु क्यारेबियन समुद्रमा एकदिन प्रवेश गर्नेछन्, त्यसपछि चिनियाँ सेनाले पनि त्यही स्वतन्त्रता उपयोग गर्नेछन् । त्यो दिन चाँडै आउनेछ, उनले भने । यसको जवाफमो अमेरिकी नौसेना कमाण्डरले प्रतिक्रिया दिँदै दक्षिण चीन सागर निकै नै धेरै विवादित भएकोले यहाँ अमेरिकी सेनाको उपस्थितिलाई जायज भनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: