×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विगत ६०० दिनदेखि आफ्नो देश छोडेनन् चिनियाँ राष्ट्रपति सी जिनपिङले

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ विगत ६०० दिनदेखि आफ्नो देश छोडेका छैनन् । विज्ञहरुले पश्चिमी देशहरुसँगको सम्बन्धलाई यसले थप बाधा पुर्‍याउने बताएको ब्लूमबर्गको रिपोर्ट प्रकाशन गरेको छ । बिहीबार वस्तुतः ब्रिक्स राष्ट्रका नेताहरुको शिखर सम्मेलनमा भाग लिएका राष्ट्रपति सीले यसरी भर्चुअल माध्यमबाट एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागीता जनाएका छन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सेली नेता इमानुएल म्याक्रोनसंग धेरै कुराकानी गरेका छन् । उनले विश्वका नेताहरुलाई करिब ६० वटा फोन गरेको पाइएको छ । यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि उनले दुई पटक फोनमार्फत संवाद गरेका छन् । तर चिन्ता बढ्दैछ कि सीको देशमा बस्ने इच्छा, कोभिड १९ मा केसहरुलाई पूर्णरुपमा हटाउने चीनको रणनीतिको एक एक उत्पादक भएको र कूटनीतिक नतिजा हुन सक्ने विज्ञहरुले बताएका छन् । उनले रोममा भएको जी २० को बैठकमा सहभागीता जनाएनन् भने न्युयोर्कमा सुरु भएको संयुक्त राष्ट्र संघको ७६औं महासभामा पनि उनी सहभागी नहुने भएका छन् ।

चिनियाँ अधिकारीहरुका अनुसार कोभिड १९ को प्रोटोकलका कारण राष्ट्रपति सीले मुलुक छोडेका छैनन् । उनले आफ्नो प्रतिनिधिको रुपमा विदेशमन्त्ती वाङ यीलाई भ्रमणमा पठाउने गरेका छन् । राष्ट्रपति सी आफू प्रस्तुत हुन नचाहेको कूटनीतिज्ञहरुले बताएका छन् । सीन अन्तिपटक सन् २०२० को जनवरीमा म्यानमार भ्रमणमा गएका थिए । उक्त भ्रमणलगत्तै चीनमा लकडाउन जारी गरिएको थियो । चीनको वुहानबाट सुरु भएको कोरोना महामारी हालसम्म पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: