काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । दुवै फन्डले नगद लाभांश वितरण गर्न बिहीबार बुक क्लोज गर्दैछन् त्यसैले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । गत वर्षको नाफाबाट दुवै फन्डले इकाईधनीलाई प्रतिफल दिएका हुन् ।
सिटिजन्स म्युचुअल फन्ड १ ले ४०% नगद लाभांश (करसहित) वितरण गर्नेछ भने सिटिजन्स म्युचुअल फन्ड २ ले इकाइधनीलाई करसहित ४०% लाभांश वितरण गर्नेछ ।