काठमाडौँ । सेयर बजारका लगानीकर्ताको नाममा आर्थिक अनलाइन पोर्टल बिजशाला डटकमका समाचारदातालाई फोन तथा फेसबुकबाट केही व्यक्तिहरू धम्की दिएको कुराप्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)को गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको समाचारलाई लिएर केही व्यक्तिले ‘त्यस्तो समाचार किन छापेको ? ’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्दै बारम्बार धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरितका गतिविधि दण्डनीय रहेको भन्दै इम्शनले कारवाहीको मागगरेको छ ।
‘आफ्ना असहमति कुरालाई खण्डन गर्न गराउन सकिने उपाय हुँदाहुँदै पत्रकारहरूलाई धम्की दिनु अराजक गतिविधि भएकाले यस घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न इम्शन सरकार र सम्वन्धित निकायसँग माग गर्दछ ।’ इम्शनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘साथै, यस्ता सम्वन्धित मिडिया सहजरुपमा सञ्चालन हुने र त्यसमा कार्यरत पत्रकारहरूले निर्भयका साथ काम गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गर्दछ ।’