काठमाडौँ । सेयर बजारका लगानीकर्ताको नाममा आर्थिक अनलाइन पोर्टल बिजशाला डटकमका समाचारदातालाई फोन तथा फेसबुकबाट केही व्यक्तिहरू धम्की दिएको कुराप्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)को गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको समाचारलाई लिएर केही व्यक्तिले ‘त्यस्तो समाचार किन छापेको ? ’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्दै बारम्बार धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरितका गतिविधि दण्डनीय रहेको भन्दै इम्शनले कारवाहीको मागगरेको छ ।
‘आफ्ना असहमति कुरालाई खण्डन गर्न गराउन सकिने उपाय हुँदाहुँदै पत्रकारहरूलाई धम्की दिनु अराजक गतिविधि भएकाले यस घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न इम्शन सरकार र सम्वन्धित निकायसँग माग गर्दछ ।’ इम्शनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘साथै, यस्ता सम्वन्धित मिडिया सहजरुपमा सञ्चालन हुने र त्यसमा कार्यरत पत्रकारहरूले निर्भयका साथ काम गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गर्दछ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्