काठमाडौं । नेप्सेमा नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ को नगद लाभांशमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि नबिल इक्विटी फन्डको प्रतिइकाई मूल्य ११ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ भने नबिल ब्यालेन्स्ड फन्डको समायोजित भाउ ११ रुपैयाँ ४ पैसा कायम भएको छ ।
सोमबार दुवै फन्डको इकाई कारोबार समायोजित भाउलाई आधार मानेर खुलेको छ । नबिल इक्विटी फन्डको करसहित ४०% नगद लाभांश र ब्यालेन्स्ड फन्डको करसहित ३५% नगद लाभांशमा मूल्य समायोजन गरिएको हो । लाभांश वितरणका लागि दुवै फन्डको सोमबार बुक क्लोज भएको हो । त्यसैले आइतबारसम्म कायम रहेका इकाईधनीले मात्र सो लाभांश पाउनेछन् ।