काठमाडौं । नेपाल ल्यूव आयलको ३०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सले कम्पनीको सो बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ २४३ रुपैयाँ निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर आज मंगलबार यस कम्पनीको सेयर कारोबार खुलेको छ ।
यद्यपि नेप्सेले जारी गरेको सूचनामा भने १०% मा भाउ समायोजन गरिएको लेखिएको छ । कम्पनीले असोज १८ गते बस्ने वार्षिक साधारणसभाको लागि आज मंगलबार ५ गते बुक क्लोज गरेको छ । गत आर्थिक वर्षको नाफाबाट ३०% बोनस सेयर र ५% नगद गरी कुल ३५% लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।