काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई २५% बोनस दिने निर्णय गरेको छ ।कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले २०७७/७८ को नाफाबाट २५% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले जनकपुर लघुवित्तलाई एक्वायर गरेकाले बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।
