काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांशमा मूल्य समायोजन भएको छ । फन्डको ५०% नगद लाभांशमा मूल्य समायोजन भएको हो । फन्डको मूल्य समायोजनपछिको बजार भाउ १३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
बुधबार सोही मूल्यलाई आधार मानेर यस फन्डको इकाई कारोबार खुलेको छ । मंगलबारको अन्तिम कारोबार मूल्य भने १८ रुपैयाँ १३ पैसा थियो ।